उपेन्द्र र महन्थ ठाकुर पक्षबीच फेरि भाँडभैलो शुरु

काठमान्डौं : महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति जुटेर केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने बरु आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पहल गर्ने संयुक्त विज्ञप्ती जारी भएको मसी नसुक्दै महन्थ ठाकुर पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएको पत्र संसद सचिवालयमा दर्ता गरेपछि सहमति भाँडिएको छ ।

यसअघि राजेन्द्र महतोलाई डोलेश्वर रिसोर्टबाट दिइएको भनिएको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भएको थियो तर मसी नसुक्दै सो सहमति महन्थ ठाकुर पक्षले भाँडेको आरोपसहित उपेन्द्रको हस्ताक्षरमा सँसदलाई आजै अर्को पत्र बुझाइएको छ ।सहमतिको मसी सुक्न नपाउँदै सहमतिलाई काउन्टर दिने गरी संसद सचिवालयमा पत्र दर्ता हुनु एकता नचाहनु हो भन्ने उपेन्द्र यादव पक्षका नेताहरुको टिप्पणी छ ।

संसद सचिवालयका अनुसार,एकातिर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने पत्र संसद सचिवालयमा दर्ता भएको छ भने त्यसलाई सच्याउनुपर्ने उपेन्द्र खेमाको माग छ ।गत १ जेठमा लेखिएको पत्र केरमेट गरी आज भर्खर पठाएर दर्ता हुनुलाई पूर्वमन्त्री तथा कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद इस्तियाक राइनले नङ्गा नाचे हजार दाउको सँज्ञा दिएका छन् ।

रमाइलोचाहिँ अघिल्लो बर्ष प्रधानमन्त्री ओलीका कारण हतार हतार एक भएको जसपाको अहिलेसम्म दलको विधान छैन,न त राजेन्द्र महतोलाई संसदीय दलको नेता मनोनित गर्ने बिषय पार्टीको संसदीय दल,केन्द्रीय समिति कतैबाट पारित नै भएको छ ।

जबकि समग्र विषयमा छलफल गर्न आगामी ८ र ९ गते कार्यकारिणी समितिको बैठक बोलाइएको छ तर उक्त बैठक अगावै फर्जी गरेर संसद सचिवालयमा पत्र दर्ता भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ five = seven