बिहीबार एकै दिन हालसम्मकै उच्च संख्यामा संक्रमित फेला, १ हजार ९११ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५०९ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ९६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

60 − fifty four =