आज पनि बस्दै एमाले कार्यलदलको बैठक

काठमाडौं : काठमाडौं पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै छ । बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। थाहाखबरसँग कुरा गर्दै नेता नेम्बाङले आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताए। बैठकमा भोलि हुने हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ।

हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ।

सिंहदरबारमा बसेको बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको थियो। नेता भीम रावल र प्रदीप ज्ञवालीले एकै स्वरमा एकताको सन्देश दिने गरी कार्यदलले काम थालेको र सहयोगको अपेक्षासहित अपील गरेको जनाएका थिए।

बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो। आज त्यस विषयमा थप छलफल हुने नेता नेम्बाङले बताए।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन्। ​

कार्यदलले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउने उपाय र एमाले प्रवेश गरेका माओवादी नेताहरुको व्यवस्थापनलाई केन्द्रमा राखेर समाधान खोज्न कार्यदलले काम गर्नेछ।

पार्टी विभाजनकै अवस्थामा पुगेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता गरी समस्या समाधान गर्न कार्यदल बनाएका थिए। नेपालले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउनुपर्ने माग गर्दै आएपनि ओलीले अस्वीकार गर्दै आएका थिए। विवाद बढेर नेपाल खनाल पक्षले संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिएको थिएन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + 1 =