निर्वाचन आयोगले आचारसंहिता उल्लंघन नगर्न निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघन नगर्न निर्देशन दिएको छ । वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मतदान अघि केही व्यक्तिबाट आचारसंहित उल्लंघन भइरहेका भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । आज मात्रै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा भोट गर्न अपिल गरेका थिए ।

तर, आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मौन अवधि शुरु भएको जनाएको थियो । मौन अवधिमा मत माग्नेलगायतका प्रचारप्रसारका गतिविधि गर्न पाइँदैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = five