लकडाउन सँँगै ह्वात्तै बढ्यो खाद्यान्नको मुल्य !

काठमान्डौं : को’रोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्न महँगो भएको छ । चिनी, खानेतेल, अण्डा, गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो । बजार अनुगमन प्रभावकारी नहुँदा भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

नेपाल खुद्रा व्यापार सङ्घले पछिल्लो १०र१२ दिनयता चिनी, खानेतेल, गेडागुडीको भाउ महँगो भएको जनाएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्ला दिनमा थोकमै चिनी प्रतिकेजी १० रुपियाँसम्म महँगो भएको जानकारी दिए । उनका अनुसार प्रतिकेजी ८० रुपियाँ किनबेच भएको चिनी बढेर ९० रुपियाँ पुगेको छ ।

सो अवधिमा खाने तेल प्रतिलिटर १० देखि १५ रुपियाँ बढेको छ । गेडागुडी पनि प्रतिकेजी १० रुपियाँ महँगो भएको छ भने कुखुराका अण्डाको प्रतिक्रेट ३० रुपियाँ बढेको सङ्घले जनाएको छ । “भाउ बढ्नुको कारण खोज्दा पाइँदैन । पैसा महँगो तिर्नुपरेको छ तर पैसा तिरेअनुसारको बिल पाइँदैन । साना खुद्रा व्यापारी जहिले पनि मर्कामा परेका छौँ,” अध्यक्ष श्रेष्ठले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifteen − ten =