फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी बिल तामाङको नि,धन

काठमाडौं : लामो समय देखि हङकङ बसोबास गर्दै आएका फुटबल प्रशिक्षक एवं पूर्व खेलाडी बिल तामाङको ४६ वर्षको उमेरमा मंगलबार बिहान पोखरामा नि,धन भएको छ ।

वैशाख २६ गते पोखराको जिएमसी अस्प,तालमा भर्ना भएका तामाङको बिहान ३:३० बजे निधन भएको हो । एएफसी ए लाइसन्स कोर्ष गर्नका लागि तामाङ केहि महिना अघि स्वदेश फर्केका थिए । हङकङमा फर्कने योजना बनाइरहँदा कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा लागेपछि तामाङ पोखरामै थिए ।

पारिवारिक श्रोतका अनुसार हङकङबाट आउँदा देखि नै खोकी लागिरहेको र औ,षधी खाइरहेका तामाङलाई अलि गाह्रो भएपछि वैशाख २६ गते अस्प,ताल लगिएको थियो । त्यहाँ परिक्षण गर्दा उनलाई को,राना पो,जेटिभ देखिएको थियो । एक दशक भन्दा लामो समय देखि परिवारसहित हङकङ बसोबास गर्दै आएका तामाङ पोखराको सहारा क्लबको पहिलो पुस्ताका खेलाडी थिए ।

पछि उनले सहारा क्लबको फुटबल टोली र एकेडेमीलाई पनि प्रशिक्षण दिएका थिए । उनले भारतको पटियालाबाट फुटबल प्रशिक्षकको कोर्स पूरा गरेका थिए । सहारा हङकङका उपाध्यक्ष समेत रहेका तामाङ यसपटकको आहा रारा गोल्डकप आयोजना हुँदा पोखरामै थिए । लामो समय फ्रेन्ड्स क्लब र केहि समय तामाङले आरसिटीबाट पनि फुटबल खेलेका थिए ।

सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले तामाङको नि,धन परिवारका लागि ठूलो क्ष,ति भएका बताए । तामाङका श्रीमती र १ छोरा हङकङ मै छन् । ‘परिवारका लागि अपुरणीय क्षति भयो’, थकालीले भने, ‘सहारा परिवारले आफ्नो सदस्य गुमाएको छ । यो क्षति कहिल्यै पूरा हुँदैन ।’

४ दाजुभाई र ३ दिदीबहिनीका मध्येका कान्छा छोरा तामाङका आमाबुवा बेलायतमा बस्ने धिरजले बताए । उनको आज नै पोखरामा अ,न्त्यष्टि हुनेछ ।(हाम्रो खेलकूद

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = eighty one