प्रार्थना गर्ने ओठहरुभन्दा सेवा गर्ने हातहरु महान हुन् : हिमानी शाह (भिडियो हेर्नुस)

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो नेतृत्वमा रहेको हिमानी कोषमा आवद्ध हुन चाहनेलाई स्वागत गर्ने जानकारी दिएकी छन् । बिहीबार साँझ कोषको फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै उनले कोषमा आवद्ध हुनेहरुलाई हार्दिक अभिवादन गर्ने जानकारी दिइन् ।

सो भिडियो सन्देशमा उतनले भनेकी छन्, ‘प्रार्थना गर्ने ओठहरुभन्दा सेवा गर्ने हातहरु महान हुन् भन्ने वाक्यांशलाई आत्मसाथ गर्दै आफ्नो स्थापनाकाल देखिनै हिमानी कोषले स्रोत र साधनले भ्याएसम्म सामाजिक सेवाको कार्यमा आफूलाई समर्पित गर्दै आएको अवगत नै छ ।’

समाजसेवा गर्नुपर्नेमा जोड दिँदै उनले सबै मिलेर गर्नुपर्ने बताइन् । अहिले नगरे कहिले गर्ने भन्दै सबैलाई सहयोगी भावना जागृत गर्न उनको आह्वान छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 × two =