बागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचन: छाता ओढेर मतदान स्थल पुगे गृहमन्त्री

हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि मतदान शुरु भएको छ । हेटौँडा ४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुनेछ र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जनाए।

यसै क्रममा उक्त पदका लागि उम्मेद्वार रहेका गृहमन्त्री रामबहादुर थापा बादल मतदान स्थल पुगेका छन्। झरी परिरहेकाले गृहमन्त्री थापा छाता ‍ओढेर मतदान स्थल पुगेका छन्।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री थापा बादल र डा खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धी हुन्। बादलको उम्मेद्वारीको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छिन्।

कांग्रेस, माओवादी र जसपाले आफ्नो उम्मेद्वार उठाएका छैनन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षका डा खिमलाल देवकोटा उम्मेद्वार बनेका हुन्।

नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका छन्। तामाङको उम्मेद्वारीको प्रस्तावकमा सांसद सुरेन्द्र राज गोसाईँ र समर्थकमा सांसद सिर्जना सैज्यु रहेका छन्। यसैबीची विवेकशील साझा पार्टीले निर्वाचन बहिस्कार गरेको छ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन्। वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता रहेका छन्। प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ रहेकोमा १ सदस्यको मृ,त्यु भएकाले ५६ जना, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २।२ जना छन्। जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना छन्।

स्थानीय तहका २३८ मतदातामध्ये एमालेका १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन्। मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६४० र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०३४ मत भार छ।

कांग्रेस र माओवादी केन्द्र तथा जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन्। जसको मतभार २५९२ हुन्छ। विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन् यसको मतभार १८९० हुन आउँछ। यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ ten = one