नेपालमा देखा परेको नयाँ भेरियन्ट बेलायतमा भेटिएको भन्दा ५० प्रतिशत बढी सङ्क्रामक

काठमाण्डौ : इपिडिमियोलोजी तथा रो,ग नियन्त्रण महाशाखाले कोभिड–१९ भाइ,रसको नयाँ (तेस्रो) भेरियन्ट निकै सङ्क्रा,मक रहेको बताएको छ । नेपालमा गएको हप्ता को,भिड–१९ सङ्क्र,मितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१.६१७.१ पुष्टि भएसँगै नेपालमा को,भिड–१९ को तेस्रो भेरिएन्ट फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मङ्गलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरि,यन्ट रहेकोबारे जानकारी गराइसकेको छ ।

यसै सन्दर्भमा इपिडिमियोलोजी तथा रो,ग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी सङ्क्रा,मक रहको बताएको छन् । बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै इपिडिमियोलोजी तथा रो,ग नियन्त्रण महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरि,यन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी सङ्क्रा,मक रहेको बताउनुभयो । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च सङ्क्र,मण रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रारम्भिक अध्ययनहरूले यो सर्ने दर अन्य भेरि,यन्ट भन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रूपमा नेपालमा सङ्क्र,मण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रूपमा हामी यो अलि बढी सङ्क्रा,मक छ भन्ने निष्कर्षमा पुग्न सक्छौँ । केही अध्ययनहरूमा बेलायतको मेडिकल जर्नलमारब्लगमा उहाँहरूले लेखेकोअनुसार बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी सङ्क्रा,मक छ भनेर आकलन गरिएको छ । उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष उमेर समूहमा उच्च दरमा सङ्क्र,मण छ, बढी छ । सङ्क्र,म,णको मुख्य हिस्सा यो उमेर समूहमा छ । यसले उमेर समूहको हिसाबले बलिया मानिएका उमेर समूहमा पनि बढी नै असर गर्छ, जटिलता ल्याउँछ । कुनै पनि उमेरलाई यसले छोड्दैन भन्ने अप्रत्यक्ष रूपमा देखिन्छ ।’

डा. पौडेलले अहिले को,भिड विरु,द्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रूपमा यस भेरि,यन्टको जटिलता कम गर्न र मृ,त्यु दर कम गराउन प्रभावकारी हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृ,त्यु दर कम गराउन सहयोगीरप्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारिता राम्रै देखिएको छ ।’

उहाँले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाइलगायतका जनस्वास्थ्यको माप,द,ण्ड पालना गरेरमात्रै को,भिड– १९ को तेस्रो भे,रि,यन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मा,प,दण्ड कडा,इका साथ पालना गर्नुपर्ने पनि बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy nine = eighty six