सीसीएमसी खारेज गर्नुपर्ने माग सहित भोलि प्रचण्ड ओलीलाई भेट्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले कोभिड(१९)रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समिति कोभिड(१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिए। कोरोना रोकथाम तथा नियन्त्रणबारे पार्टीको तर्फबाट भोलि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने समेत उनले बताए।

पार्टीको दुई दिन बसेको बैठकले सीसीएमसी खारेज गर्नुपर्छ भनेर तय गरेको छ। भोलि कमरेड प्रचण्डको नेतृत्वमा प्रधानमन्त्री ओलीकहाँ डेलिगेसन जाने निर्णय भएको छ, बैठकपछि पुनले भने। कोरोना रोकथामका लागि अब सर्वदलीय समिति बनाउनुको विकल्प नरहेको उनको भनाई थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy two = eighty