माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दै

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेपछि अहिले दलहरु आन्तरिक छलफलमा जुटेका हुन्।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने स्थायी समिति सदस्य गणेश साहले बताए।

अहिले विपक्षी दलको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।

अध्यक्ष बूढानीलकण्ठबाट फर्केपछि बस्ने बैठकले पार्टीको आधिकारिक धारणा बनाउने नेता साहले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × one =