देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउदै

काठमाडौँ : बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको हो । विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको एक नेताले बताए ।

बिहानदेखि विभिन्न तहमा भएका छलफलमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेकै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुको हस्ताक्षरमा प्रधानमन्त्रीको दावा प्रस्तुत गर्ने तयारी भएको कांग्रेसका एक नेताले बताए । ‘अहिले बहुमत जुटाएर जाने सम्मको कुराकानी भएको छ, अन्तिम टुंगो लगाउन हामी अपरान्ह ३ बजे फेरि बस्दै छौं,’ ती नेताले भने । अहिले सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ।

अहिले संसदमा कांग्रेसको ६१, माओवादी केद्रको ४९, एमालेका खनाल–नेपाल समूहको २८ सांसद छन् । जसपाको यादव समूहको १५ सांसद भएको दावी छ । ३२ सांसद रहेको जसपामा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने आफूतिर बहुमत रहेको दावी गर्दै आएका छन् । प्रधानमन्त्रीले बैशाख २७ गते विश्वासको मत लिँदा जसपमा ठाकुर र यादव पक्षमा १५ र १५ सांसद देखिएका थिए ।

एमालेको खनाल–नेपाल पक्षमा रहेका सांसदले हस्ताक्षर गरेमा देउवा नेतृत्वमा सरकार बनाउन बहुमत संख्या नै पुग्छ । संविधानके धारा ७६ (५) प्रतिनिधिसभाका कुनै पनि सदस्यले बहुमत पुर्‍याउन सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले संविधान बमोजिम राजीनामा वा विश्वासको मतमा असफल भएपछि संविधानको धारा ७६(५) अनुसारको पकृया अघि बढ्नु पर्नेमा त्यसो नगरी राष्ट्रपति र प्रधानमन्त्रीको मिलीभगतमा संविधानविपरित सरकार निर्माणका लागि हिजो राती आह्रवान भएको थियो ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को संबैधानिक प्रवन्ध मिच्दै गएपछि कुनै पनि हालतमा उनको विकल्प खोज्नुपर्ने निष्कर्षमा विपक्षी दलहरु पुगेका थिए । ‘संविधान र प्रणालीको रक्षाका लागि जस्तोसुकै विकल्प्मा पनि जानुपर्छ भनेर हामीले छलफल चलाएका छौं, भरसम्म हामी विकल्प लिएर जानेमा ढुक्क छौं,’ देउवा निकट स्रोतले भन्यो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty eight − = twenty two