देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी जसपा र नेपाल पक्षका सांसदको हस्ताक्षर तयार हुँदै

काठमाडौं : सरकारमा बहुमत दावी गर्ने समय जम्मा दुई घण्टा जति मात्रै हुँदा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्ष छलफलमा जुटेका छन् ।

बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलपछि पुनः सिंहदरबारमा तीन दलबीच छलफल सुरु भएको हो ।

बिहानको छलफलमा विभिन्न विकल्पबारे दलहरुले संवाद गरेका थिए । एमालेका माधव नेपालले समेत वैकल्पिक सरकारका लागि आफ्नो योगदान हुने वचन दिएपछि अब कसरी अघि बढ्ने भन्नेमा दलहरु छलफलमा जुटेका हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले आफूहरु फेरि तटस्थ बस्ने निर्णय गरेको छ । यस्तोमा माधव नेपाल पक्षको सांसदको राजीनामा वा बहुमत जुटाउन उनीहरुले हस्ताक्षर नगरेसम्म कुनै पनि संसद सदस्यले बहुमत जुटाउन नसक्ने देखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = 1