विपक्षी दलका नेता शीतल निवासमा, १ सय ४९ सांसदको हस्ताक्षर जुटेको दाबी, देउवा प्रस्तावित

काठमाडौं : प्रतिपक्षी दलका नेताहरु नयाँ सरकार गठनका दाबी लागि सांसदहरुको हस्ताक्षरसहित शीतल निवास गएका छन्।

सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उनीहरु राष्ट्रपति निवास गएका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन बन्दै नेताहरु शीतल निवास गएका हुन्।

१ सय ४९ सांसदको हस्ताक्षर सहित शीतल निवास गएको कांग्रेस नेता गगन थापाले जानकारी दिए।

सिंहदरबारबाट बाहिरिँदा नेताहरुले कुनै पनि प्रतिक्रिया भने दिएनन्। तर बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको निर्णय गरेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =