१४९ हस्ताक्षरसहित देउवा पुगे शीतलनिवासमा, माधव नेपाल समूहका २७ सांसदको साथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै सरकारको दाबी गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता शीतलनिवास पुगेका छन् ।
उनीहरुले कांग्रेस, माओवादी केन्द्र, जसपा र माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष पुगेका छन् ।

माधव नेपाल समूहका २७ सांसदले साथ दिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

त्यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधवकुमार नेपाललगायतका नेताहरु थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = forty