माधव पक्षधर २६ सांसदलाई साधारण सदस्यपनि नरहनेगरि कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर गर्ने २६ जना सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि का,रबा,ही गर्ने निर्णय गरेको छ । र उक्त निर्णय राष्टपति कार्यालयमा समेत बुझाईएको स्रोतको दाबी छ ।

राष्टपति विद्यादेवी भण्डारीले तोकेको समयमा नै कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष बहुमत सांसदहरुको हस्ताक्षरसहित शितलनिवास पुगेका थिए । कांग्रेसको ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षधका २६, जसपाको १२ र जनमोर्चाको १ सांसदको हस्ताक्षर रहेको छ ।

एमालेले माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षरलाई मान्यता नदिनसमेत भनेको छ । धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर र वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + 3 =