खुसीको खबर: अमेरिकाले नेपाललाई तीन जहाजमा स्वास्थ्य सामग्री पठाउदै

काठमान्डौं : विदेशमन्त्री ब्लिन्कनले ट्वीट गर्दै भने: नेपालको अवस्थालाई द्रुत गतिमा सम्बोधन गरिरहेका छौं । मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले को,रोना भाइ,रस वि,रूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ ।

अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।

तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने समय तालिका छ।

गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीट गर्दै नेपाललाई गरिने सहयोगबारे जानकारी दिएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = nine