महाराज र महारानीले देशलाई अँध्यारो युगतिर लिए: रामकुमारी झाँक्री

काठमाडौँ : एमाले नेतृ रामकुमारी झाँक्रीले एउटा अँध्यरो युगको सुरूवात भएको बताएका छन् । उनले प्रतिनिधि सभा विघटन र मध्यवधि चुनाव घोषणाको विषयलाई लिएर उनले खराब अन्तिम समयसम्म संसद जोगाउन चाहेको भए पनि खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही नलागेको भन्दै आक्रोश व्यक्त गरेकी हुन्।

यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसियू, भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको अवस्थामा प्रतिनिधि सभा विघटन गरेको उनले बताएकी छिन्।

उनले लेखेकी छिन् “यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव ? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty one ÷ = 9