हार्दिक बधाई ! खेलकुद मन्त्री मनाङे ले आइतबार सपथ ग्रहण गर्दै (हेर्नुहोस)

काठमान्डौं : गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दिपक मनाङे)ले भोली आइतबार सपथ ग्रहण गर्ने भएका छन ।

मनाङबाट निर्वाचित मनाङले प्रदेश सरकारको मन्त्रीको रुपमा यो सहित दोश्रो पटक सपथ ग्रहण गर्न लागेका हुन । भोली एक कार्यक्रमका विच प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले सपथ ग्रहण गराउने कार्यक्रम रहेको मनाङेका सहयोगी रोनित गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

गत जेठ ५ गते प्रदेश मुख्यमन्त्री गुरुङले मनाङे सहित ५ सदस्यिय मन्त्रीको नाम घोषणा गरेका गिए । मुख्यमन्त्री गुरुङले उनलाई प्रदेशको यूवा तथा खेलकुद मन्त्रालयको कार्यभार सुम्पिएको भए पनि पोखरा बाहिर रहेको कारण उनी सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सकेका थिएनन ।

उनले गत बैशाख १६ गते समेत पहिलो पटक यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

92 ÷ = forty six