पोखरा : गण्डकी प्रदेश सरकारको युवा तथा खेलकूद मन्त्रीमा दोश्रो पटक नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे) ले आज शपथ लिने भएका छन् ।
उनलाई आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले शपथ ग्रहण गराउने कार्यक्रम रहेको मनाङेका सहयोगी रोनित गुरुङले जानकारी दिए ।
मनाङबाट निर्वाचित गुरुङ प्रदेशका स्वतन्त्र सांसद हुन् । उनले यसअघि गत बैशाख १६ गते पहिलो पटक युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए ।
Facebook Comments Box