घरमाथिबाट आएको पहिरोले बास र परिवार नै उजाडियो, विद्यालयमा कि’रि’या बस्दै

काठमाडौ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्या’न जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर का’जक्रि’या गरिरहेका छन् ।

पहिरोमा परी ज्या’न गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताउनुभयो । माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।

“पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि ल’ग्यो”,मनिषाले भन्नुभयो,दिदीको विहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो,दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ”। बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै का’ज’क्रि’या गरिएको मनिषाले बताउनुभयो ।

“घरमाथि पट्टिको डाँडो चर्किएकाले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेका रातको समयमा छिमेकीकोमा बस्न जान्थ्यौँ”,मनिषाले भन्नुभयो, त्यो राति पनि मैले छिमेकीकोमा जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पु¥यो ।

म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पु¥यो । घटना हुँदाका बेला उक्त घरमा दश जना थिए” स्थानीयवासी लुइँटेलले भन्नुभयो,पहिरोमा पुरिएर नौ जनाको घटनास्थलमै ज्या’न गयो, मनिषालाई भने हामीले जी’वि’तै उद्धार गर्न सक्यौँ” ।

घाइते अवस्थामा उद्धार गरिएकी मनिषा पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किनुभएको हो । मनिषाको सम्पूर्ण खर्चको व्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताउनुभयो ।

नगरपालिकाले विपद्को घटनामा परी कुनै व्यक्तिको मृ त्यु भएमा प्रति मृ त क रु १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु १० हजार,खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु पाँच हजार, घर आंशिकरुपमा क्षति भएमा रु सात हजार,गोठ न ष्ट भएमा रु पाँच हजार घटनामा परी घाइते हुनेलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु तीन हजार र विपद्का कारण दुहुनो गाईभैँसी म रे मा प्रति पशु रु आठ हजार र दूध दिनयोग्य गाईभैँसी भएमा रु पाँच हजार, खसी बोका र माउ बाख्रा भएमा रु ती हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = three