नक्कली सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीले मार्यो छापा

काठमाडौं : नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रह,रीले छापा मारेको छ । अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखाना प्रह,रीले छापा मारेको हो।

महानगरीय अप,राध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ।

त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको महा,नग,रीय अप,राध महाशाखाका बरिष्ठ प्रह,री उपरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिए।

स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा विक्रि, वितरण भईरहेको सुचनाको आधारमा छापा मा,रि,एको उनले बताए।

एस,ए,सपी खापुङले उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाईएको पनि बताए।

दोषिउपर का,नुनी का,र,बाही अगाडी बढाइने उनले बताए। सो कारखाना लगायत मुख्यमुख्य डिलर र सप्लायरलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रह,रीले कारखानामा ३० हजार लिटर सेनिटाइजर हुनसक्ने बताएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = 45