पुर्व राजदुतको शनसनीपुर्ण खलासा ! “ओलीको कदममा भारतले साथ दिँदा नेपाल द्वन्द्वतर्फ”

काठमाण्डौं : नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालमा लोकतन्त्र कमजोर बनाउने ओलीको कदममा भारतीय समर्थन गलत रहेको बताएका छन् । उनले भारतको समर्थनले नेपाल द्वन्द्वतर्फ धकेलिएको समेत बताएका छन् ।

सोमबार हिन्दुस्तान टाइम्समा प्रकाशित ‘इन काठमान्डु, अ थ्रेट अफ डेमोक्रेसी’ शीर्षकको लेखमा रेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई द्वन्द्वतर्फ धकेलेको बताएका छन् ।

‘प्रतिनिधसभा विघटनले नेपालमा राजनीति संकट बढाउने र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने संकेत देखापरेका छन्’, उनले भनेका छन्, ‘कोरोना महामारीको कारणले संकटमा रहेको नेपाललाई राजनीतिक गतिरोधले थप अस्थिरतातर्फ धकेल्ने देखिन्छ ।’

पूर्वराजदूत रेले भारतले नेपालमा सदैव बहुदलीय लोकतन्त्र र प्रगतिशील परिवर्तनलाई समर्थन गरेको बताएका छन् । उनले भारत सँधै नेपालमा राजनीतिक स्थायित्व चाहने छिमेकी मित्र राष्ट्र भएको बताएका छन् ।

‘नेपालमा टिकाऊ राजनीतिक स्थिरता भारतको हितमा छ । अस्थिरताले केवल नेपाललाई बाह्य प्रभावहरूमा कमजोर पार्दछ’, उनले भनेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy ÷ fourteen =