मोरङ पुगेर राहत बाँड्दै दिलिप र रमितले गरे भुटानी शरणार्थीलाई नागरिकताको माग !

काठमान्डौं : मोरङ जिल्लाको पथरी–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा राहत वितरण गरिएको छ । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समुहले स्थापन गरेको इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको अग्रसरतामा उत्तस् राहत वितरण गरिएको हो ।

डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेसनले हौ पथरी–शनिश्चरेको शिविरमा मास्क र सेनिटाइजर वितरण गर्न फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक अभिनेता दिलिप राइमाझी, फाउन्डेसनका प्रबन्ध निर्देशक रुद्र बानियाँ लगायतको समुह शिवरमा पुगेका हुन् ।

शिविरमा खाद्यान्नको अभाव महसुस गरेपछि फाउन्डेसनको टिम पुनस् राहत लिएर शिविर पुगेको हो । फाउन्डेसनका गुडविल एम्बेसडर अभिनेता रमित ढुंगाना, अभिनेता दिलिप रायामाझी, रुद्र बानियाँ लगायतको समुहले १७ सय घर धुरीलाई खाद्यान्न वितरण गरेको हो ।

उनीहरुलाई प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको हो । अघिल्लो वर्ष पनि फाउन्डेसनले करिव १ करोड २४ लाख रुपैयाँ नगद सहित खाद्यान्न वितरण गरेको थियो ।

उक्त राहत वितरणका लागि पनि अभिनेता रायमाझी उक्त शिविर पुगेका थिए ।  योसंगै फाउन्डेसनले शिविरमा रहेका ८० वर्ष काटेका वृद्धवृद्धालाई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका शिविरका व्यक्तिहरुलाई अशक्त भत्ता मासिक रुपमा प्रदान गर्ने निर्णय समेत गरेको छ।

मासिक कति रकम दिने भन्ने निर्णय चाडै फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी र उहाँको टिमले निर्णय गर्ने तयारी गरेको छ । राहत वितरणसंगै शिविर प्रतिनिधिहरुले भुटानी शरणार्थीलाई अब नेपाली नागरिकताको माग पनि गरेका छन् ।

आफुहरु नेपालीकै सन्तान भएको र लामो समयदेखि नेपालमै रहेको र आफुहरु नेपाली नै भएको भन्दै नेपाली नागरिताको माग सहितको ज्ञापनपत्र अभिनेता रमित ढुंगानामार्फत नेपाल सरकारलाई बुझाउने भएका हुन् ।

अभिनेता ढुंगानाले भुटानी शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफुले आवाज उठाउने बताएका छन् ।

कार्यक्रममा बोल्दै अभिनेता दिलिप रायमाझीले भुटानी शरणर्थीहरु नेपाली नै भएको र पुर्नवास नभएकाहरुले नेपाली नागरिकता पाउनु पर्नेमा जोड दिएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = thirty six