म नेपालमा जन्मेको हुँ, नेपालीहरू सँग राम्रो घनिष्ट सम्बन्ध छ: भुटानी राजा

काठमाडौं : भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ। भावनात्मक सम्बन्ध छ। किनकी म नेपालमा जन्मेको हो’, राजाको भनाई उद्धृत गर्दै राजदूत आचार्यले भने। राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिए।

राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो। उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो। साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो।

जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ। त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए। दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो।

राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाएका थिए। आचार्यले उच्चस्तरीय भ्रमणको आदानप्रदान सहित दुबै देशका मैत्री सम्बन्धहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए।

जवाफमा भुटानका राजाले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाईसहित शुभकामना दिए। राजदूतलाई सफल कार्यकालको लागि शुभकामना समेत दिए।

राजदूत आचार्यले भुटानी प्रधानमन्त्री डा। लोटे टिसिरिङ्गसँग पनि भेट गरेका थिए। भेटमा नेपाल र भुटानको ऐतिहासिक सांस्कृतिक समानताबारे छलफल भएको थियो।

यसअघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले राजा जिग्मेसँग भेट गरेका थिए। सार्क शिखर सम्मेलनका क्रममा भएको भेटमा पनि राजा जिग्मेले आफू नेपालमा जन्मेको विषय स्मरण गरेका थिए। नागरिक दैनिकबाट

यो पनि पढ्नुहोस्,

पुर्व राजा बिरेन्द्रसंग संगै हिड्ने ९० बर्षिय हजुरबुवा, ऋण राजा विरेन्द्रले तिरिदिएका थिए, बिरेन्द्रले गरेका कुरा सम्झेर भावुक बने

पूर्व राजपरिवारको दुखद अन्त्य भएको धेरै वर्ष भइसक्यो । तर त्यो घटनाको वास्तविकमा अहिले सम्म वाहिर आएको छैन । घटनाका बारेमा विभिन्न अड्कलवाजी गरिएका छन् । कहिले काँही राजपरिवारसंग जोडिएका विभिन्न पात्रका बारेमा चर्चा हुने गरेको छ ।

पछिल्लो समय राजपरिवारसंग नजिक भएकाहरुले अभिब्यक्त गरेका भनाईहरुले तरंग ल्याउने गरेका छन् । यसै बिचमा पूर्व राजपरिवारसंग नजिक भएका एक ९० वर्षीय वृद्धले फेरी केही तथ्य बाहिर ल्याएका छन् ।

धादिगंको सांकोश रिजाल डाँडा १२ का ९० वर्षीय वृद्ध बुवा पूर्व प्रधानपञ्च समेत भइसकेको बताए । पञ्चायती ब्यवस्था ढलेपछि उनी अहिले राजनीतिमा भने निस्कृय छन् । काठमाडौंमा राजपरिवारमा रहेर काम गरेका बुवालाई शिकारमा निकै रुचि लाग्ने बताए ।

भैरव दल गणमा सरुवा भएर धादिगंमा पुगेपछि पनि तत्कालिन राजा विरेन्द्रले बेलायतको रानी नेपाल आउँदा फेरी राजदरवार बोलाए । उनी गीत गाउन पनि उत्तिैकै रुचि राख्छन् । उनी तत्कालिन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र सबैसंग नजिक रहेर काम गरेको बताए । उनलाई लागेको ४० हजार रुपैया ऋण पनि तत्कालिन राजा विरेन्द्रले तिरिदिएको उनले बताए ।

तत्कालिन राजा विरेन्द्रसंग उनी रातिको शिकार खेल्न संगै गएको बताए । तत्कालिन युवराज विरेन्द्र र ज्ञानेन्द्रलाई काँधमा राखेर जंगल जंगल शिकार खेल्न हिँडेको उनले बताए । विरेन्द्रले युवराज हुँदानै १२ हातको बाघको शिकार गरेको त्यतीबेलाको स्मरण सुनाए ।

विरेन्द्रको तारिफ गर्दै उनले भने विरेन्द्र हाँसेर विश्वलाई खुसी पार्ने ब्यक्ति हुन् । उनले राजदरवारको घटना हुनुमा पूर्व राजा ज्ञानेन्द्र शाहको कुनै हात नभएको बताए । उनले घटना हुनासाथ दरवारमा रहेका तत्कालिन हजुरीयालाई फोन गरेको बताए । उनलाई अहिले संग्रहालय जान मन लाग्दैन । त्यती बेलाको स्मरणले मन रुवाउँछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty five = ninety two