गौतम बुद्धले जस्तै प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष आजको एक मात्र विकल्प : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका वि,रुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकावि,रुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र विकल्प रहेको बताएका छन् ।

गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति वि,रुद्ध संघर्षका लागि आग्रह गरे ।

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको प्रचण्डको भनाइ छ ।

“बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन् । सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ,”शुभकामना सन्देशमा उल्लेख छ ।

दम्भ र अहङ्कारले मानिसमा वि,नाश निम्त्याउने भन्दैत्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा आफूहरुले भोग्दै आएका प्रचण्डले बताए ।

बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने उनका भनाइ छ ।

किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरे ।

उनले को,रोना भाइ,रस (को-भिड–१९)को महा,मा,रीमा स्वास्थ्य सुरक्षाका सबै माप,दण्,डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty nine + = thirty five