केपी ओली तपाईंले चलाएको देश हेर्नुस्, मेरो बाबाले चलाएको स्कुल हेर्नुस्: आदर्श मिश्रा

काठमान्डौं : आदर्श मिश्रा, कमेडियन बाबा हुनुहुन्न अब । मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार म नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्प,ताललाई मान्छु । किनभने, बाबाको दुई हप्ताअगाडि डायलासिसका लागि लग्दाखेरी एसपीओटू ९० छ, तपाईंको डायलासिस यहाँ हुँदैन भनेर हामीलाई एनएमसीबाट निकालिदिएको हो । चार वर्ष मेरो बाबाले एनएसमीमा डायलासिस गराउनुभएको हो । ३ हजार ५ सय प्रतिडायलासिस सरकारबाट तिनीहरूले उठाएका हुन् । कमाउने बेलामा तिमीहरूले कमाउने ! बिरामीलाई गाह्रो भएका बेला धपाइदिने !

त्यहाँ चाहिँ मेसिनहरू, डाइलुजरहरू केही पनि राम्रो छैन । एनएसमीको डायलासिस मेसिनको कन्ट्रयाक्ट ओभरअल कुराहरूको कन्ट्रयाक्ट नेफ्रो प्लसले लिएको छ । जुन भारतीय कम्पनी हो । भारतको एक नागरिक, जो नेपालमा कार्यरत छ, त्यसले निर्णय गर्न पाउँदैन कि, डायलासिस कसको हुन्छ, कसको हुँदैन १ को बाँच्छ, को बाँच्दैन १ यहाँ आएर कार्यरत भारतको मानिसले डिसाइड गर्न पाउँदैन । भारतको मानिसले यहाँ आएर तलब खाने हो । नेपालको बिरा,मीलाई हप्काउने होइन । हाम्रो लाइफ त्यसको हातमा छैन ।

नेफ्रो प्लसबाट यिनीहरूले कमिसन खाएर एउटा डायलासिसमा, एउटा डाइलुजरले १२ वटासम्म डायलासिस गरेको छ, मेरो बाबाको । ८–९ वटा त न्यूनतम छ । मसँग सबै सूची छ । गत वर्ष नारायणीमा को,भिड वार्ड बनाउँदा त्यहाँ बिरा,मी एनएमसीमा सिफ्ट गरेको थियो । एक महिनाभित्र पाँचजना बिरा,मी म,रेका थिए, डायलुजर मेसिन नफेरेर ।

नेफ्रो प्लसले पैसा बचाउन लास्टै नै धाँधली गरिरहेको छ त्यहाँ । एनएसमी हस्पिटललाई केन्द्रबाट आदेश आएको थियो, २० प्रतिशत शय्या को,भिड संक्र,मितलाई छुट्याइदिनू भनेर । एनएमसीले म केन्द्रको आदेश मान्दिन भनेर भन्यो । किन भन्यो रु एनएमसीको फाउन्डर बसरुद्दिन अन्सारी हो । बसरुद्दिन अन्सारी लास्टै नै पावरफुल मानिस हो । गुण्डागर्दी लास्टै नै धेरै चल्छ ।

उहाँलाई केरमेट गर्ने, चेकजाँच गर्ने कोही पनि छैन । बसरुद्दिन अन्सारी यति पावरफुल मानिस हो कि, गत वर्ष केपी ओली (प्रधानमन्त्री)को मि,र्गौला प्रत्यारोपणमा जति पनि खर्च भएको हो । बसरुद्दिनले नै तिरेको हो । व्यक्तिगत तिरेको हो । प्रेस विज्ञप्ति निकालेर त्यो कुरा घोषणा गरेको हो । ऊ त्यति पावरफुल हो ।

कलेजमा शुल्क बढी भयो, शुल्क बढायो, सुविधा छैन, भनेर प्रतीक्षा गर्दा कलेज हाताभित्रै गुण्डा बोलाएर पिट्न लगाएको हो । त्यतिसम्मको घटिया अस्पताल हो, एनएमसी अस्प,ताल, वीरगञ्ज ।

एनएमसीको गुण्डागर्दीले गर्दा मेरो बाबा हुनुहुन्न । यसको कुनै पनि सुनुवाइ छैन । यसको छानबीन हुन्छ रु हुँदैन क्या । मलाई थाहा छ क्या । काठमाडौंबाट आएर जाँचपड्ताल गर्ने कोही पनि छैन, मेडिकल कलेज चलाउन योग्य छस् कि छैनस् भनेर । पैसामात्रै भएर हुन्छ रु पैसामात्रै भएर हुने भए त।। पैसै मात्र त मलाई कमी थिएनन नि १ मेरो घरमा पनि मान्छे हुन्थ्यो । नारायणी अस्पतालले प्रतिशोधको भावना राखिरहेको छ ।

नारायणी अस्प,तालले के गरिरहेको छ भने, यदि नारायणी अस्प,तालले आफ्नो बिरामीको डायलासिस आफैँ गर्दैन भने हामी किन गर्ने ? एनएमसीको बिरा,मीको डायलासिस किन गर्ने त रु किनभने हजुर तपाईंको मेसुले गएर स्वीकार्नु भएको हो, प्रदेश नम्बर दुईको जति पनि बि,रामी छन्, ती सबैको डायलासिस म गर्छु नारायणीमा । एउटा मेसिन बिग्रँदा त्यहाँको नर्सले फोन गरेर भाइ दुवै बिग्रियो भनेर अफवाह फैलाउनेलाई कार,बाही हुन्छ कि हुँदैन ।

भाइ सूचना नै निकालिसक्यो भन्ने रु सूचना आएकै छैन । दुवै बिग्रियो । युरिया २६० छ । ब्रेनमा युरिया पुगिसक्यो भनेपछि चारघण्टा डायलासिस गरिदिनुस् भन्दा, चिकि,त्सकको अगाडि ४ घण्टा बनाइदिने, चिकि,त्सक गइसकेपछि तीन घण्टामा झारिदिने । एक घण्टा टाइम घटाएर जीवन पनि घटाइदिनुभएको हो के दिदी १ हजुरलाई छिटो घर पुग्नुथियो होला । कोही मानिस चाहिँ घर पुगेनन् के । घरै पुगेनन् के तपाईंको एक घटा हतारले गर्दा, त्यसका लागि धेरै नै धेरै धन्यवाद १

मानिसहरूले धेरै नै भनिरहेका छन्, आदर्शलाई हेरेर बाबाले धेरै नै गर्व (प्राउड फिल) गर्नुहोला । तर म त्यस्तो हुन सकिनँ । मैले केही पनि गर्न सकिनँ । बचाउन सकिन्थ्यो होला । लकडाउन कारण गलत निर्णय पनि लिए हुँदा । काठमाडौं लानुपर्थ्यो । भरतपुर हस्पि,टलमा सर १०५ डि,ग्री ज्व,रो छ । बाबलाई होस छैन सर । एपीओटू ठीक छ भाइ, भाइटस्ल ठीक छ भाइ।। भने । आइसीयूमा राख्दिनुस् न सर भन्दाभन्दै बिहान १० बजे बाबा बित्नुभयो । एसपीओटू मात्रै ठीक भएर को,भिडको उपचार हुने भए त अक्सिमिटर लिएर म नि डक्टर हुन्थेँ । किन, स्ट्याण्डअप कमेडी गरिरहेको हुन्थेँ ।

मानिसहरूले अहिले के भनिरहेका छन् भने, अब आदर्शको बाबा जहाँ हुनुहुन्छ, खुसी हुनुहुन्छ हेरेर कि, उहाँ छोरोका नामले चिनिनु भएको छ । आदर्शको बाबा भनेर चिनिनुभएको छ । तर, त्यस्तो होइन । म टीभीमा आए पनि यो एरियामा मलाई भन्दा बढी मेरो बाबालाई चिन्छन् । विनोद मिश्राकै छोरा हो भनेर चारैतिर चल्छ । कुनै पनि फार्मेसीमा विनोद सरको घरमा लग्नु छ यो औषधि भन्दा पैसा आजसम्म तिर्नुपरेको छैन । त्यतिसम्म विश्वासआर्जन गर्नुभएको थियो । इमान्दार हुनुहुन्थ्यो । हिम्मत छ भने कसैले एउटा टिचर उचालिदेओस् पैसाको कुरामा, जे पनि कुरामा । उहाँ नगौल स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो । त्यो भन्दाअगाडि कसैलाई सोध्नुहोस्, यहाँको शौचालय, भौतिक अवस्था कस्तो थियो ? सुविधा कस्तो थियो । मेरो बाबाले मि,र्गौला फेल भएर त्यस्तोसम्म गर्नुभएको हो ।

केपी ओलीले त छाडिदिए हुन्छ नि । मेरो बाबा हप्ताको दुई दिन डायलासिस गर्नु स्कुटीको पछाडि बसेर जानुभएको हो । तर पनि मेरो बाबाले चलाएको स्कुल हेर, तिमीले चलाएको देश हेर । लाज लाग्दैन भने मलाई भने । काम गर्न दिएनन् मलाई भन्छौ रु काम गर्ने मन कहाँ त तिम्रो ? त्यो पर्दैन भन्दै बस्ने, भेडाहरू जम्मा गरेर, जतिखेरै भारतविरु,द्ध बोलेर, या।। ब्याकअफ् मोदी भन्ने बित्तिकै एक हुल नेपाली पछाडि लागिहाल्छन्, त्यो सेन्टिमेन्छमा जित्यौ तिमीले चुनाव १ मधेसी नेताहरूभन्दा राम्रो छु म भनेर मात्रै तिमीले जितेका हौ । तर, तिमी राम्रो नेताचाहिँ हैन के । तिमी राम्रो नेता होइनौ ।

बिहान १० बजे बोलाएर मलाई डक्टरले भन्नुभयो, हामीले जेजे गर्न सक्थ्यौँ ग¥यौँ, बाबा अब हुनुहुन्न । त्यसपछि त्यहाँ मैले तीन शब्द भनेँ– ठीक छ, ठीक छ, ठीक छ । त्यसपछि चुप लागेर बसेँ । तीन घण्टासम्म मलाई मात्रै थाहा छ, बुबा रहनुभएन । दिदीलाई थाहा छैन, ममीलाई थाहा छैन । । अब झुट बोल्नेक्रम चालु भयो । पहिलेदेखि नै झुट बोल्ने बानी थियो । मैले घरमा धेरै ढाँट्या छु ।

यसपालि ढाँट्न धेरै जरुरी थियो । यसपल्ट झुट बोल्दा समातिएँ भने धेरै गाह्रो हुन्थ्यो । मेरो ममीले पहिले नै भित्तामा हात, टाउको बजार्ने गरिसक्नुभएको थियो । उहाँलाई डिप्रेसनको औ,षधि पहिलेदेखि नै चलाइराखिएको छ ।

मैले झुट बोल्न थाले । बाबो स्वास्थ्य स्थिर छ, मु,टुको चाल देखाइरहेको छ । बिस्तारै ठीक हुनुहुन्छ भन्दै ढाँट्दै ढाँट्दै अन्तिममा सन्देश र राकेश दुईजना साथीले सम्हाले । उनीहरू नभएको भए मैले के गर्न सक्थेँ केही पनि थाहा छैन ।

त्यसपछि बाबालाई जीतपुर ल्याउनुपर्ने भयो । ममीलाई के भन्ने १ त्यहाँबाट लिएर गए बित्नुभएछ भन्ने थाहा पाउनुहुन्छ भनेर, ‘ममी यहाँ भेन्टिलेटर खाली छैन, नारायणीमा लैजानुपर्ने भयो, त्यहाँ भेन्टिलेटरको व्यवस्था भएको छ, हामी त्यहाँ जाऊँ बाबाको उपचार त्यहाँ हुन्छ’ भनेर भन्यौँ । बाबाको बडी प्याक गरिसकेको थियो । एम्बु,लेन्समा हालिसकेको थियो । आफ्नो श्रीमान् गुमाएकी आमालाई नारा,यणीमा उप,चार हुन्छ भनेर श्मसान घाटमा लिएर गएँ । कति पाप छ मेरो टाउकोमा ।

मलाई जीवनमा यस्ता कुराहरूको पश्चाताप छैन ।

तीनवटा कुराहरूको पश्चाताप छ । मेरो बाबाले बि,त्नुभन्दा दुई दिनअघि मलाई नचिन्नुभएको हो के । आदर्श छोरा, बेटा नभनेर, को हो यो भन्नुभएको हो के बाबाले । लास्ट मेमोरी नै त्यही हो । जति बाबा, पापा भनेर बोलाए पनि बोल्नुहुन्थेन, एकचोटी पनि बोल्नुहुन्थेन ।

अर्को कुराचाहिँ मलाई नेपालको ठूलै स्ट्यान्डर्ड कमेडियन मान्दारहेछन् मलाई मानिसहरूले । राम्रै कमेडियन भन्छन् । जीवनमा एउटा पनि शो देखाउन पाइन । त्यही नै ठूलो सपना थियो, प्रज्ञा प्रतिष्ठानमा बाबालाई फ्रन्ट रो (प्रेक्षालय अघिल्तिर राखेर) एक घण्टा बाबाको बारेमा गफ गर्न।।।१ फेलियर (असफल) भइयो लाइफमा, लास्टै ठूलो ।

यही छ भन्नलाई, मसँग खासै धेरै कुरा छैन भन्नलाई । होल स्टोरी यही हो । एनएमसी र नारायणी मिलेर खाइदिए एउटा मानिसको जीवन । अब कति जनाको खान्छन्, मलाई थाहा छैन । लड्ने प्रयास जारी राखौँ, कतिलाई बचाउन सकिन्छ, बचाऊँ । मबाट जति हुन्छ म गर्न तयार छु । मलाई दस–बाह्रदिनको टाइम चाहिन्छ होला । क्रियाकर्महरू सकेर तपाईंहरूको हेल्प पोस्टहरू, अक्सि,जन रिक्वायरमेन्टहरू सबै परिपूर्ति हुन्छ ।

धन्यवाद, राम्ररी बस्नुस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nineteen − eleven =