हार्दिक सम्मान ! नेपाल प्रह-रीको सक्रियतामा हालसम्म १० हजार १ सय ७ वटा सिलिन्डर सङ्कलन

काठमान्डौं : नेपाल प्रह-रीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सि-लिन्डर सङ्कलन गरिएको छ । ती मध्ये ३ हजार ५ सय ७६ वटा भरिएका र ६ हजार ५ सय ३१ वटा खाली सिलिन्डर रहेका छन् ।

सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३ सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सि-जन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै ७ सय २९ वटा अ-क्सिजन सिलिन्डरहरु स्टक रहेका छन् ।

आवश्यकता भन्दा बढी अक्सि-जन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सि-जन सि-लिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रह-रीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म उक्त सिलिन्डरहरु सङ्कलन गरिएको हो ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रह-रीले अनुरोध समेत गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy one = seventy eight