उच्च सतर्कता अपनाउनुहोस: तीन दिन बाढीपहिरो तथा डुबानको सम्भावना

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिरकणले आगामी दिनसम्म मुलुकका अधिकांश स्थानमा भारी वर्षा भई बाढीपहिरो तथा डुबानको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

पश्चिम बंगालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात यासको प्रभावले पहाडमा भूक्षय, पहिरो एवं तराईमा बाढी आउन सक्ने सम्भावना रहेकाले नदी, खोला किनार आसपासका बासिन्दालाई सर्तक रहन प्राधिकरणले आग्रह गरेको हो ।

उनीहरुलाई सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायलाई पनि आग्रह गरेको छ ।

बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ ।

तत्काल खोज, उद्धार र राहतको लागि राष्ट्रिय आपकालिन कार्य सञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित भएका जलवायु प्रभाव र यास चक्रवातका कारण शनिबारसम्म प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आंकलन गरिएको छ ।

सम्भावित बाढीको सुचना थाह पाउन जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरमा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै, उच्च भेगमा हिमपातको समेत सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 4