‘एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ ।

२६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ ।

एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् ।

एसियाकै भविष्य निर्धारणका मुख्य पात्रको रुपमा परिचित हुँदै जानुभएका प्रधानमन्त्री ओलीको विरुद्धमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस भने वर्तमान ओली नेतृत्वको सरकार ढालेर मुलुकलाई पुनः कालो बादलतिर धकेल्ने प्रयास गरिरहेका छन् ।

थप समाचार –प्रधानमन्त्री ओलीले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले मध्यरातमा भङ्ग गरेको संसद सभामुख अग्निप्रसाद सापकोटाले बोलाउने भएका छन् । कानुनविद र संविधानविदहरूसँग परामर्शपछि सापकोटाले यस्तो तयारी गरेको बुझिएको छ ।

बिहीबार संविधानविद् र कानुनविद्हरुसँगको परामर्शपछि सभामुख सापकोटाले संसद अधिवेशन बोलाउने संकेत गरेका हुन्। जनताले प्रदान गरेको सार्वभौम अधिकार आवश्यकता पर्दा प्रयोग गर्नुपर्ने धारणा राख्दै यस्तो संकेत गरेका हुन्। परामर्श दिँदै केहि कानुनविदले उनलाई सक्रियता देखाउन र राष्ट्रपतिलाई प्रतिनिधि सभाको अधिवेशन आह्वानको लागि सिफारिस गर्न सुझाव दिएका थिए।

‘तपाईंहरुले भनेको कुरामा म पूर्णरुपमा सहमत छु। संविधान र प्रतिनिधि सभा नियमावली अनुसार नै मैले चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्। संघीय संसद्को नेतृत्वको हैसियतले, प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ।

आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको निहित अधिकार फेरि पनि आवश्यक पर्दा प्रयोग गर्नुपर्छ’, सभामुख सापकोटाले भने। सापकोटाले संविधान राष्ट्रका लागि भएकाले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर कदम निर्णय लिनुपर्ने बताए।

‘त्यसलाई व्याख्या, प्रयोग र अभ्यास गर्दाखेर हामीले राष्ट्रिय हित, संविधानको रक्षा, लोकतन्त्रको विकासरविस्तार र सुदृढीकरणलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ’, उनले भने। उनले देश र जनताको अधिकतम हितभन्दा बाहेक दायाँबायाँ अधिकार कसैलाई नहुने बताए। ‘त्यसैले देश र जनताको अधिकतम हित गर्न संविधानको मर्म र भावनालाई आत्मसात् गर्नेगरी काम गर्न तयार छु’, उनले भने, ‘जनताकै म्यान्डेट अनुसार गर्छु।‘

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty one + = ninety one