डा.खिमलाल देवकोटाको सपथ ग्रहण आज हुदै !

काठमाडौं : राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए ।

नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो ।

रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए । तर कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेको देवकोटा विजयी भए । देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty three ÷ twenty one =