कोरोना संक्रमणबाट इटहरीका अग्रज पत्रकार न्यौपानेको नि,धन

काठमान्डौं : इटहरीका अग्रज सञ्चारकर्मी चन्द्र न्यौपानेको नि,धन भएको छ । ५० वर्षीय न्यौपानेको शुक्रबार बिहान ८ः२५ मा नि,धन भएको विराट मेडिकल कलेज को,भिड अस्प,तालका इन्चार्ज डा. सुनिल देवले पुष्टि गरे । उनले फोन सम्पर्कमा राजधानीसँग भने, ‘पाँचदिनदेखि उहाँलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो, तर आज बिहान बित्नुभयो ।’

देवका अनुसार न्यौपानेलाई वैशाख २८ गतेदेखि आइ,सियुमा राखेर उपचार गरिएको भएपनि स्वा,स्थ्य थप जटिल भएपछि पाँचदिनयता भेण्टिलेटरमा राखेर उप,चार गरिदैँ आएको थियो । उनका अनुसार अहिले श,व व्यवस्थापनको तयारी भइरहेको छ ।

‘परिवारले नै श,व व्यवस्थापन गर्न पाउने भएकाले अहिले श,व व्यवस्थापनको तयारी भइरहेको छ,’ डा. देवले भने, ‘उहाँलाई बचाउन थुप्रै प्रयास गरेपनि बचाउन सकिएन ।’

धेरै पत्रकारहरुका मार्गनिर्देशक न्यौपानेको नि,धन सँगै इटहरीको सञ्चार क्षेत्रले एक सरल, इमान्दार र मृदुभाषी स्वभावका धनी व्यक्तिलाई गुमाएको छ । सप्तकोशी एफएम इटहरीका स्टेसन मेनेजर समेत रहेका उनी रेडियोहरुको छाता संगठन नेपाल ब्रोडकास्टिङ एशोसिएसनका केन्द्रीय अध्यक्ष तथा बिज्ञापन बोर्डका सदस्य हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 4