कुलमानको गएसँगै अघोषित लोडसेडिङ ? आज पनि ठाउँ-ठाउँमा लाइन काटिँदै

काठमाडौं, १७ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तनमान कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर बिदा भएसँगै प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेका गुनो बढिरहेको छ ।

अध्याधिक रुपमा जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालयले विनाजानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गरेको थियो । तर पछिल्लो समय विद्युत कटौतीको क्रम रोकिएको छैन ।

उर्जा मन्त्रालयको सचिवालयले विनासूचना बत्ती कटौती भएमा मन्त्रालयमा सिधा सम्पर्कको लागि आह्वान गरेसंगै प्राधिकरणले सूचना दिएरै विद्युत कटौती गर्न थालेको छ । विभिन्न स्थानमा मर्मत-सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत कटौती गर्नुपरेको प्राधिकरणले प्रष्ट्याएको छ ।

नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती भइसकेको छ । कतै हुने क्रममा छ । प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन ।

ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = 56