उज्जवल थापाको सम्पूर्ण उपचार खर्च म बेहोर्छु: दुर्गा प्रसाईं

काठमान्डौं : को,रोना संक्र,मण भइ गम्भीर अवस्थामा ललितपुरको मेडीसिटी अस्प,तालमा उपचारमा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले ब्यहोर्ने घोषणा गरेका छन् ।

गणतन्त्र दिवसको दिन शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्यहोर्ने घोषणा गरेका हुन्।

गणतन्त्र स्थापनाको लागि योगदान दिएका थापा गम्भी,र अवस्थामा उपचार भइरहेको समाचार सार्वजनिक भएको र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसमेतले सहयोगका लागि अपील गरेको भन्दै प्रसाईंले उपचार खर्च आफैले व्यहोर्ने घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ।

यस अघि पनि उनले अन्य अस्प,तालमा उपचार गराएका तर पैसा तिर्न नसकेकाहरूको पैसा तिरिदिएर उद्धार गरेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = seven