पुर्वराजा ज्ञानेन्द्र शाह तीन पटक राजा हुने ज्योतिषवाणी !

काठमाडौं : ०६५ मा नेपालमा राजसंस्थाको अन्त्य घोषणा गर्दै संविधान सभाले गणतन्त्र स्थापना गरेको थियो। पहिलो संविधान सभाको उक्त फैसलासँगै मुलुक नयाँ युगमा प्रवेश गरेको घोषणा भएको थियो।

शनिबार ठ्याक्कै १३ बर्ष नाघेको बेला भने तत्कालिन राजा ज्ञानेन्द्र शाह तीन पटक राजा बन्ने ज्योतिषवाणीको चर्चा सतहमा हुन थालेको छ।

यस्तो चर्चा किन चलिरहेको छ ?

केही महिना अघि मात्र राजसंस्थासहितको माग राखी हिन्दू राष्ट्र स्थापनाका लागि विभिन्न सहरमा मोटरसाइकल जुलस भएका थिए भने प्रतिनिधि सभा विघटनको दोस्रो निर्णयसँगै गणतन्त्र धरापमा परेको भनाईबीच ज्ञानेन्द्रको तेस्रो पटक राजा बन्ने योगको चर्चा सुरु भएको हो।

खासगरी पहिलो पटक २ बर्षको उमेरमा राणा प्रधानमन्त्री मोहन शमशेरले उनलाई राजाका रुपमा गद्दीमा राखेको तथा दोस्रो पटक ०५८ सालमा दरबार हत्याकाण्डपछि राजामा स्थापित गरिएको थियो।

तत्कालिन राजा त्रिभुवन र महेन्द्रलाई पनि ज्योतिषले ज्ञानेन्द्रको तीन पल्ट राजा हुने योग रहेको बताएको चर्चा अहिले चलाइएको छ।

नेपालमा गणतन्त्र समस्यामा पर्ने क्रम चलिरहेका बेला अहिले भारतीय संस्थापनका कतिपय सुझावकार बरिष्ठ व्यक्तित्वले पनि नेपालमा राजसंस्था र हिन्दूत्वको अपरिहार्यता रहेको बताइरहेका बेला उक्त चर्चा सतहमा चलेका हुन्।

पछिल्ला केही महिना अघि मात्र भारतको हरिद्वारमा भएको कुम्भ मेलामा ज्ञानेन्द्रलाई राजाको हैसियतमा नै आमन्त्रण गरी शाही स्नान गराइएको थियो भने श्री ५ को मानपदवी दिइएको थियो।

‘गणतन्त्रले मुलुकलाई धार्मिक रुपमा पनि खण्डित र व्यवस्था पनि असफल बनेको सन्दर्भमा राजसंस्था पुनःस्थापित हुने चर्चा अस्वभाविक होइन’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘यो चर्चामा मात्र होइन अब अपरिहार्यताका रुपमा जनताले माग गर्नेछन्।’

त्यसो त गणतन्त्र असफल भएको दाबी गर्दै राप्रपाका अध्यक्ष कमल थापाले शनिबार लेखेका छन्,‘यो व्यवस्था फेल भइसकेको छ अब राजसंस्था स्थापना गरौं। अभिभावकीय संस्थाको खाँचो छ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

54 − = fifty one