उज्वल थापाको परिवारले भन्यो: दुर्गा प्रसाईंको सहयोग चाहिँदैन

काठमाडौं : विवेकशिल नेपाली दलका पूर्वसंयोजक उज्जवल थापाको उपचारका लागि दुर्गा प्रसाईंको सहयोग रकम नचाहिने परिवारले जनाएको छ।

कोरोना संक्रमणपश्चात दुई सातादेखि उपचार गराइरहेका थापाको लागि प्रस्तावित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले उपचार खर्च बेहोर्ने जनाएका थिए । तर, थापाको परिवारले प्रसाईंको खर्च नलिने जनाएको हो।

थापाको उपचारमा नेपाल तथा विदेशबाट सहयोग रकमले उपचार गरिरहेको र आगामी समयमा पनि त्यसरीनै उपचार खर्च जुटाउने भएकाले प्रसाईंको खर्च नलिने परिवारले जनाएको हो।

हालसम्म थापाको उपचारको लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६,५०,००० जम्मा भएको जनाइएको छ।

थापाको स्वास्थय अवस्था जटिल बन्दै गएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदै छ। फोक्सोमा गम्भीर असर देखिएपछि थापालाई एक्मो मेसिनको साहायतामा उपचार सुरु गरिएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty four − eighty =