देउवा निवासमा विपक्षी गठबन्धनको बैठक सुरु

काठमान्डौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बैक सुरु भएको हो ।

बैठकमा संसद विघटनपछिको वर्तमान राजनीतिक परिस्थिति, गठबन्धनको आगामी कदमका विषयमा छलफल हुने बताइएको छ । संसद विघटनविरुद्ध गठबन्धनले हालेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

यस्तै गठबन्धनको बैठकले सरकारले ल्याएको बजेटको विषयमा पनि छलफल गर्ने भएको छ । सरकारले हिजो शनिबार अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

76 − = seventy four