प्रहरी उपरीक्षक प्रभु ढकाल द्वारा कर्मचारीलाई मास्क, सेनिटाईजर,पञ्जा र फेसशिल्ड वितरण

काठमान्डौं : गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल ज्यूले प्रहरी कर्मचारी लाई केही स्वास्थ्य सामंग्री वितरण गर्नु भएको छ ।

हाल विश्वमा महा,मा,रीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको (कोभिड १९)को संक्रमणबाट बच्नको लागि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई माक्स (५० थान), सेनिटाईजर (१०० मि.लि.), पञ्जा (१ जोर) र फेसशिल्ड (१ थान) बितरण गर्नु भएको हो ।

सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई स्वाश्थ्य सावधानी र अपनाउनु पर्ने सुरक्षा मापदण्डका बारेमा व्रिफिङ समेत गर्नुभएको थियो ।

यस्तै पाल्पाको बगनासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलको बिरुवा वितरण गर्ने भएको छ । आज एक सूचना जारी गर्दै गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ को स्वीकृत कार्यक्रम अनुसार इच्छुक कृषक, समूह, सहकारी, जल तथा वन उपभोक्ता समिति, फार्महरूलाई आवेदन पेस गर्न आग्रह गरेको छ ।

साथै इच्छुकले ७ दिन भित्र आवेदन पेस गर्नु पर्ने छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = seventy