प्रधानमन्त्री र महन्थ राजेन्द्र पक्षबीच बालुवाटारमा वार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपा नेताहरु बालुवाटार गएको बताइएको छ।

सांसद नरहेका व्यक्ति मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि सात मन्त्रालय र रक्षा मन्त्रालय खाली छन्। जसपामा प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिनेमा ठाकुर र महतो पक्ष छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गरेर जानु पर्छ भन्नेमा डा।बाबुराम भट्राई र उपेन्द्र यादव पक्ष रहेका छन्।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारबाही गर्ने चेतावनी दिदै आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

53 − = forty eight