चीनमा अब देखि ३ जना सन्तान जन्माउन पाइने

काठमाडौं : चीनमा अब ३ जनासम्म सन्तान जन्माउन पाइने भएको छ । चीनले सोमबार देशका सबै दम्पतीलाई बढीमा ३ जनासम्म सन्तान जनमाउन दिइने घोषणा गरेको छ ।

संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा पछिल्लो समय सार्वजनिक तथ्यांकले जन्मदर अत्यन्तै न्यून हुँदै गएको देखिएपछि चीनले आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको हो । अहिलेसम्म चीनमा हरेक दम्पतीले २ जना मात्र सन्तान जन्माउन पाउने नियम थियो ।

राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले यो नयाँ नीतिलाई पारित गरेको चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

चीनमा पहिले जनसंख्या वृद्धिदर अत्याधिक भएपछि त्यसलाई नियन्त्रण गर्न दशकौंदेखि एक मात्र सन्तान जन्माउने नीति लागू गरिएको थियो । तर, यो नीतिले पछिल्लो समय जन्मदर अत्यन्तै न्यून भएको देखिएपछि २०१६ मा यो नीति खारेज गरेर दुई जना सन्तान जन्माउन पाइने नियम लागू गरिएको थियो ।

२ सन्तान जन्माउन पाइने नियम बनाउँदा पनि त्यहाँको जन्मदर निकै न्यून छ । चीनमका सहरहरुमा बालबालिका हुर्काउने र अन्य खर्च अत्यन्तै बढी भएपछि त्यहाँका दम्पतीहरुले धेरै सन्तान जन्माउन चाहँदैनन् ।

जन्मदर बढ्न नसकेपछि अहिले चीनले ३ सन्तान जन्माउन पाइने नीति ल्याएको हो । चीनमा हरेक १० वर्षमा हुने जनगणनाको पछिल्लो तथ्यांकले यस दशक १९५० पछि नै सबैभन्दा न्यून जन्मदर भएको देखाएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty three − 29 =