जिउँदै जलाईएकी लक्ष्मी भाटको हेलिकप्टरबाट उद्धार

डोटी : जिउदै जलाइएकी डोटीको आदर्श गाउँपालिका ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटको हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ १२ गते राति १२ बजे आफ्नै पसलमा सुतिरहेको बेला भाटलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाईएको थियो ।

लक्ष्मीको उपचार डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भईरहेको थियो । अस्पतालले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताउदै पाँच दिन पहिला रिफर गरिदिएको थियो तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनि अस्पतालमै थिईन् ।

वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा डोटी पुगेको नेपाली सेनाको हेलिकप्टरबाट भाटलाई काठमाडौँ लगेको वन मन्त्री आलेका स्वकिय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

आगो लगाएर फरार भएका उनका श्रिमान सन्तोष भाट अहिले सम्म सम्पर्कमा आएका छैनन् । आफ्नै पसलमा राति सुरहिकी लक्ष्मिलाई पसलको खोपबाट प्रज्वलनशिल पदार्थ छर्केर त्यही खोपबाट आगो भित्र कोठामा फालेको हुन सक्ने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीमा जेठ १६ गते मात्रै सन्तोष भाट विरुद्ध ज्यान मार्ने उद्योगमा लक्ष्मिका दाईले मुद्दा दर्ता गराएका छन् । सन्तोषको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × two =