अत्यन्तै खुसीको खबर ! स्मार्ट प्रहरी हटलाईन १०० संचालन

काठमान्डौं : ललितपुर प्रहरी परिसर द्वारा सर्वसाधारणबाट प्राप्त हुने उजुरी, गुनासो, निवेदन तथा सोधपुछ सम्बन्धमा तत्काल प्रहरी परिचालन तथा सेवा प्रदान गरी सूचना अभिलेखिकरण गर्ने उद्देश्यले संञ्चालन गरिएकोे छ ।

यस महानगरीय प्रहरी परिसर ललितपुरमा १०० नम्बरको ५ वटा हटलाईन नम्बर मार्फत प्राप्त हुने टेलिफोन कलहरू कम्प्युटरबाटै उठाई तुरुन्त प्रहरी परिचालन गर्ने तथा त्यसको अभिलेखीकरण गर्ने कार्यको आज मिति २०७८।०२।१७ गतेबाट थालनी भएको हो।

यो पनि पढ्नुहोस: कर्णाली प्रदेशका विभिन्‍न जिल्लाहरूमा खरिद गरिएका मिनि अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको सामाजिक विकास समितिले निष्कर्ष निकालेको छ । दुई जिल्लाको स्थलगत अनुगमनपछि समितिले यस्तो निष्कर्ष निकालेको हो । खरिद प्रक्रियामा अनियमितता भएको भन्दै समितिले कर्णाली सरकारलाई भुक्तानि रोक्न निर्देशन दिएको छ ।

सामान खरिद प्रक्रियामा अनियमितता भएको पाएपछि जडान कार्य पनि रोकेको समितिकी अध्यक्ष देवी वलीले जानकारी दिइन् । ‘अहिले हामी कर्णालीका दुई जिल्ला सल्यान र रुकुमपश्चिममा गएर अनुगमन गरेका छौँ भने साविक कर्णाली अञ्चलका जिल्लामा भर्चुअल बैठक पनि गरेका थियौँ,’ वलीले भनिन्, ‘अन्य जिल्लाहरूमा पनि जाने तयारी गरेका छौँ ।’

अनुगमनको क्रममा सम्झौता विपरीत सामान खरिद भएको पाइएको समितिको निष्कर्ष रहेको छ । ‘सम्झौतामा मिनि अक्सिजन प्लान्ट भनिएको छ तर, स्थलगत रुपमा हेर्दा जेनेरेटर पायौँ,’ उनले भनिन्, ‘त्यसैले सामान खरिदमा अनियमितता भएको निष्कर्षमा पुगेकाले भुत्तानी रोक्न निर्देशन गरेका छौँ ।’

सल्यान र रुकुमपश्चिममा जस्तै अन्य जिल्लामा पनि अनियमितता भएको हुन सक्ने उनको भनाइ छ । ‘दुईवटै जिल्लामा अवलोकन गर्दा दुवैमा अनियमितता भएको पायौँ’ उनले भनिन्, ‘यो समग्र कर्णालीकै अवस्थाको प्रतिबिम्ब हो अन्य जिल्लाको हालत पनि यस्तै हुन सक्छ ।’

आर्थिक वर्ष २०७६र०७७ मा कोभिड महामारी सुरु भएसँगै कर्णाली प्रदेशले यो योजना सुरु गरेको थियो । तर आन्तरिक विवादका कारण चालु आर्थिक वर्षमा कर्णालीका ८ जिल्लामा अक्सिजन मिनी प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला ४० लाखका दरले ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × two =