सलुट ! प्रहरीको सक्रियतामा अहिलेसम्म १० हजार भन्दा बढी अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं : नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। ती मध्ये ३ हजार ५ सय ७६ वटा भरिएका र ६ हजार ५ सय ३१ वटा खाली सिलिन्डर रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३ सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ७ सय २९ वटा अक्सिजन सिलिन्डर स्टक रहेका छन् ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म उक्त सिलिन्डर सङ्कलन गरिएको हो ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

64 ÷ sixty four =