खुसीको खबर ! बेइजिङबाट आठ लाख डोज खोप लिएर काठमाडौँ उड्यो ध्वजाबाहक विमान

बेइजिङ : चीन सरकारबाट अनुदान स्वरूप प्राप्त कोभिड १९ विरूद्धको दश लाख डोज खोपमध्ये आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजाबाहक विमान काठमाडौँका लागि उडेको छ ।

बेइजिङ समय अनुसार बिहानको दशबजे आठ लाख डोज खोप लिएर उक्त चार्टर विमान काठमाण्डुका लागि उडेको हो । उक्त विमान पाँच, साढे पाँच घण्टाको उडानपछि काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले गत बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादमा नेपाललाई अनुदान स्वरूप दश लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसलगत्तै भोलिपल्टै चिनियाँ पक्षले बेइजिङस्थित नेपाली दूतावासलाई नेपाल पठाउने खोप तयारी हालतमा रहेको जानकारी गराएको थियो ।

चीनका लागि नेपालका राजदूत महेन्द्र बहादर पाण्डेले बिहीबार नै चीन सरकारले दूतावासलाई खोप तयार रहेको जानकारी गराएको बताएका थिए । नेपालबाट कुनै पनि बेला विमान पठाएर त्यो खोप लैजान सक्ने जानकारी पाएलगत्तै नेपालको सम्बन्धित निकायलाई छिटोभन्दा छिटो विमान पठाउन आग्रहसहित पत्राचार गरिएको थियो ।

छिमेकी राष्ट्र चीनले विभिन्‍न देशबाट खोपको माँग हुँदाहुँदै पनि नेपाललाई प्राथमिकता राखी तुरून्तै दश लाख डोज खोप अनुदान स्वरूप उपलब्ध गराएको छ ।

हाल, आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजाबाहक विमान काठमाडौँका लागि उडिसकेको छ भने बाँकी दुई लाख डोज खोप तिब्बत सरकारले नेपालसम्म पठाउने व्यवस्था गर्ने बताइएको छ ।

नियोग उपप्रमुख सुशिल कुमार लम्सालले बाँकी दुई लाख डोज खोप पनि तिब्बत सरकारले आज र भोलि गरी पठाउन लागेको जानकारी प्राप्त भएको हामीलाई बताए । यसअघि, चीनले नेपाललाई ८ लाख खोप अनुदानमा दिइसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight ÷ 2 =