रक्सी चोर्ने प्रहरीविरुद्ध एसपी आफैले थाले अनुसन्धान ! पानीमुनि गएपनि नछोड्ने उद्दोष

काठमान्डौं : इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरीलाई रक्सी चोरेको आरोपमा निलम्बन गरिएको छ । निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हीराबहादुर पाण्डेले ती प्रहरी अधिकारीलाई निलम्बन गरेर छानबिन गरिरहेको पर्दाफासलाई जानकारी दिए । उनका अनुसार घटना जेठ ९ गतेको हो ।

ती प्रहरी अधिकारीले निषेधाज्ञा पालना भए नभएको अनुगमनमा निस्किएका बेला बन्द रहेको पसलबाट रक्सी चोरेको आरोप लागेको छ । एसपी पाण्डेले राति १० बजेतिर मदिरा पसलमा केही व्यक्तिले रक्सी खाइरहेको पाइएपछि नियन्त्रणमा लिन खोज्दा पसल सञ्चालकसहित भागेको बताए ।

लहान नगरपालिका–२३ गढिया चोकमा रहेको पूजा मदिरा पसलमा प्रहरी पुगेको थियो । त्यहाँ भएका व्यक्ति भागेपछि त्यसपछि प्रहरीले पसलबाट रक्सी बोकेर फर्किएका थिए ।

‘पसलबाट फर्कने क्रममा केही प्रहरीले गल्ती गरेछन्, उनीहरुलाई निलम्बन गरेर छानबिन थालेका छौं,’ एसपी पाण्डेले भने । प्रहरीले रक्सी बोकेर फर्किएको दृश्य पसलको सीसीटिभी क्यामरामा कैद भएको थियो, जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + five =