काठमाडौं बासीको लागि आयो खुसीको समाचार, बल्ल यस्तो आशा पलायो ! हेर्नुहोस

काठमाडौं : उपत्यकामा रहेका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छन् । यसका लागि दिउँसो ४ बजे बैठक राखिएको छ ।

आजको बैठकमा को,रोना भाइ,रस रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समिक्षा गर्दै केही निर्णयहरु गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । हालसम्म गरिएको निषेधाज्ञा सफलताउन्मुख भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी निरौलाले भने– ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ । अहिले संक्र,मणदर घट्दै गएको छ भने अस्प,तालहरुमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा आज थप छलफल गर्दैछौँ ।’

गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउन सुरु गरिएकोमा गत सातादेखि थप कडाई गरिएको थियो । यो सातामा किराना पसल समेत खोल्न दिइएको छैन भने सडकमा सवारी साधनलाई पनि कडाई गरिएको थियो । अब संक्रमणदर कम हुँदै गएकोले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । साथै निषेधाज्ञा केही खुकुलो गरेर जाने बुझिएको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 + one =