प्रहरी निरिक्षकलाई वडा अध्यक्ष पाण्डेको प्रश्न — जनप्रतिनिधि को हुन् चिनेका छौ ?

काठमान्डौं : दिउँसो झन्डै दुई बजेको थियो । म घोराही उपमहानगरपालिका १५ को आफ्नै वडा कार्यालयमै थिएँ । एकनाले फोन गरेर अक्सिजनका लागि अनुरोध गर्नुभयो ।

उहाँलाई मैले अक्सिजनको खाली सिलिन्डर भए नभएको बारे सोधेँ । उहाँले खाली सिलिन्डर रहेको जानकारी दिनु भयो । म उहाँको घर तर्फ जाँदै थिएँ । जिल्ला प्रहरी कार्यालयको गेट नजिकै पुगेको थिएँ ।

प्रहरी निरीक्षकको नेतृत्वमा रहेको प्रहरी टोलीले मलाई रोक्यो । ती प्रहरी निरीक्षक सुरुमै खरो रुममा प्रस्तुत भए ।

चेकिङ छ भन्ने थाहा छैन ? भनेर ती निरीक्षकले हप्काउन खोजे । मैले खरो प्रस्तुति प्रति असहमति जनाउँदै भनेँ ‘ पनि तपाईँहरू जस्ता फ्रन्टलाइनमा रहेर काम गर्ने मान्छे हुँ ।’

प्रहरी निरीक्षकको सिंघम शैली फेरिएन ।
चेकिङ छ भन्ने थाहा हुँदा हुँदै स्कुटर अलि टाढै रोक्नु पर्दैन ? भन्दै ती प्रहरी निरीक्षक कड्किए । उनले कार्ड छ भनेर खरो रूपमा सोधे । मैले आँ फूले भिरेको वडा अध्यक्षको कार्ड देखाएँ ।

तपाईँसँग जिल्ला प्रशासन कार्यालयको पास छ भनेर उनले सोधे । मैले फेरी पनि वडा अध्यक्ष रहेको र जनताको काममै हिँडेको जवाफ दिएँ ।
लाइसेन्स छ ? मैले आफ्नो लाइसेन्स देखाएँ ।

निरीक्षकले सोधे — ब्लु बुक छ रु मैले घरमा छुटेको छ, घरबाट मगाउन सक्छु भनेँ । प्रहरी निरीक्षकले मेरो कुरै सुन्न चाहेनन् । स्कुटर भित्र हाल भनेर जिल्ला प्रहरी कार्यालय भित्र स्कुटर छिराउन लगाए ।

अनि म एक जनाको मोटरसाइकल मगाएँ अनि अक्सिजनको माग गरेका ती व्यक्तिको घरमा पुगेँ । मेरो स्कुटर अहिले पनि जिल्ला प्रहरी कार्यालय भित्रै छ ।
अहिले कोरोना सङ्क्रमणको विषम परिस्थिति छ । हामी, प्रहरी लगायत फ्रन्टलाइनमा रहेर काम गरिरहेकाहरूलाई यो म,हा,मा,री झनै कति चुनौती छ ।

जिल्लामा कायम रहेको लकडाउन कार्यान्वयनका लागि प्रहरी खटिएको छ , यो राम्रो पक्ष हो । तर उनीहरू मात्रै फ्रन्टलाइन हो ? उनीहरूले मात्रै जनताका लागि काम गरेका हुन् ? प्रत्येक नागरिकको समस्यामा हामीहरू घरदैलो गरिरहेका छैनौँ । हामी पनि जनप्रतिनिधि हो ।

यो महामारी नियन्त्रणै लकडाउनमा नागरिकले भोग्नु परेका समस्या समाधानका लागि हामीहरू कति कुद्नु परको ? त्यो प्रहरीले बुझ्नु पर्दैन ? के हामी जनताको काम गर्न जाँदा प्रशासनबाट पास लिएर जानु पर्ने हो ? हिजो प्रहरीले गरेको व्यवहारले दुखित छु ।

म प्रति सिंघम शैलीमा उत्रिएका प्रहरी निरीक्षकलाई मेरो प्रश्न छ — तिमीले जनप्रतिनिधि को हुन् भन्ने चिनेका छौ ? जनप्रतिनिधिको जिम्मेवारी के हो ? भन्ने तिमीलाई थाहा छ ? विपद्का बेला जनप्रतिनिधिहरू बजार घुम्न निस्केको भन्ने सोच्ने तिमी कस्तो अबुझ प्रहरी निरीक्षक ?

कोरोना सङ्क्रमणले थलिएका बिरामीहरू अक्सिजन अभाव हुँदा कसरी छट्पटिईरहेका छन् ? तिमीले बुझ्ने चेष्टा सम्म गरेका छौँ ? हो म अक्सिजन अभावमा छट्पटीएका एक जना बिरामीलाई अक्सिजनको जोहो गर्न जाँदै थिएँ ।

तिमी बुझ्दैनौ हामी जनप्रतिनिधिहरूको भूमिका । तिमी त लकडाउन सफल पार्ने नाममा जनतालाई दुख दिन मात्रै जान्दो रहेछौँ , तर हामी दुखमा परेकाहरूलाई राहत दिन घरघरमै पुग्छौँ ।

यसर्थ हामी जनताको घरमा उनीहरूको समस्या सुन्न पुग्छौँ , तिमी जस्तो सडकमा लाठी बजारेर सिंघम शैली प्रस्तुत गर्ने फ्रन्टलाइन हामी हैनौँ ।
जनप्रतिनिधिको दायित्व र जिम्मेवारीको पाठ पढ्नु अनि आम सर्वसाधारणको समस्या सुन्ने सामथ्र्य पनि राख्नु ।

सक्छौ पीडामा रहेकाहरूमाथि मल्हम बन्न सिक , तर पीडामा रहेकाहरूलाई थप पीडा दिएर महामारीमा खटिएका सच्चा फ्रन्टलाइन प्रहरीहरूको बेइज्जत नगरिदेउ । दाङ प्रेसबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = nine