सुरु भयो गौतमबुद्ध क्रिकेट रंगशालामा दुबो रोप्ने काम !

काठमान्डौं : चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा दुबो रोप्ने काम सुरु भएको छ । रंगशालाको निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले मैदानमा दुबो रोप्ने काम सुरु गरेको हो ।

बुधबारबाट मैदानमा दुबो रोप्ने काम सुरु भएको हो ।

रंगशालामा प्यारापिटको काम पनि भइरहेको छ । यस्तैमा भिआइपी प्यारापिटको टावर एक र दुई मा अहिले काम चलिरहेको छ ।

रंगशाला निर्माणका लागि आर्थिक समस्या भएपनि धुर्मुस सुन्तलीले काम भने रोकेको छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =