भक्तपुर थिमीकी १०१ वर्षिया वृद्धा, जसले भिटामिन र तातो पानी पिएरै जितिन् को’रोनालाई

भक्तपुर, १९ असोज । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ६ स्थित पाचो टोल बस्ने १०१ वर्षकी वृद्धाले सहजै को’रोना भाइरस जितेकी छन् । संक्रमण भएको १६ दिनमा नै उनी निको भएकी हुन् । गत असोज २ गते को’रोना संक्रमण पुष्टि भएकी गणेशमाया प्रजापतिले १६ दिनमा नै कोरोना जितेकी हुन् । त्याे पनि घरमै ताताेपानीकाे भरमा ।

गत शुक्रबार साँझ उनको को’रोना परीक्षणको नतिजा नेगेटिभ आएको उनका छोरा ईन्द्रबहादुर प्रजापतिले बताए । को’रोना संक्रमण पुष्टि भएपछि गणेशमाया होम आइसोलेसनमा नै बसिन् । उनले सं’क्रमणका बेला नियमित रुपमा दिनमा दुई चक्की भिटामिन सी बाहेक अन्य औषधी सेवन नगरेको छोरा ईन्द्रबहादुरले बताए । उनका अनुसार गणेशमायाले नियमित रुपमा पौष्टिक खाना र तातो पानी सेवन गर्ने, तातोपानीको बाफ लिने र घरेलु औषधीको रुपमा ल्वाङ, सुकुमेल, अलैंची, बेसार, अदुवा, पिपला, जाइपत्री लगा यतको गरम मसलाको तातो पानी नियमित सेवन गरेर सहजै भाइरसमुक्त भएकी हुन् ।

वडाअध्यक्ष समेत रहेका ईन्द्रबहादुर प्रजापतिको कोरोना परीक्षण पोजिटिभ आएपछि परिवारको परीक्षण गर्ने क्रममा आमा गणेश मायामा पनि को’रोना संक्रमण देखिएको थियो । प्रजापतिका अनुसार उहाँकी दिदी र छोरामा पनि संक्रमण देखिएको थियो । प्रजापति मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष हुन् ।

१०१ वर्षीय गणेशमाया प्रजापतिमा कुनै पनि प्रकारको दीर्घरोग नभएको छोरा ईन्द्रबहादुरले जानकारी दिए । ‘उहाँमा कुनै रोग नभए पनि शारिरीक रुपमा केही कमजोर भने हुनुहुन्छ,’ छाेरा ईन्द्रबहादुरले भने, ‘तर उहाँ नियमित भिटामिन ई सेवन गर्नुहुन्छ । एक दिन भिटामिन ई सेवन गरिएन भने कमजोरीले थकान महसुस गर्ने गर्छ ।’

कोरोना संक्रमणका बेला गणेशमायामा कुनै विशेष खालको लक्षण नदेखिएको सामान्य रुघाखोकी तथा छाती दुख्ने लक्षण मात्र देखिएको थियो । परिवारमा वृद्ध आमालाइ मात्र नभई संक्रमित आफू र आफ्ना दिदी तथा छोरामा समेत कुनै विशेषखालको लक्षण नदेखि एको र सबैले नियमित रुपमा वाफ लिने, तातोपानी पिउने र पाैष्टिक खाना सेवन गर्ने गरेरै कोरोना जितेको ईन्द्रबहादुरले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

87 − = eighty two