यसरी जंगलमै फालिन आफ्नो एक बर्षिय शिशुलाई ‘नि’र्द’यी आमाले

एजेन्सी : सल्यानको खलंगा र श्रीनगरमा पर्ने जङ्गलमा एक बालक बेवारिसे अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित माझी पौवाको छहारा नजिक सालघारीमा सोमबार बिहान मर्निङवाकमा निस्केका स्थानीयले बालकलाई फेला पारेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र नगरपालिका प्रमुख सुरेश अधिकारीलाई खबर गरेका थिए ।

अहिले ती बालकलाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा जिल्ला अस्पताल खलंगामा लगिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिएका छ्न् ।बालकको उमेर करिब १ वर्षजतिको रहेको अनुमान गतिएको छ । बालक भेटिएको स्थाननजिकै बालकको कपडा र एउटा झोलासमेत फेला परेको प्रहरिले बताएको छ । बालकलाई राति नै जङ्गलमा छाडेर आमाचाहिँ गएको हुनसक्ने अनुमान गरिएको छ ।

श्रीनगरका स्थानीयहरुले मर्निङवार्क गएको समयमा उक्त बेबारिसे बालकलाई रोइराखेको अवस्थामा फेला पारेका थिए । कुनै आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान समेत सुरु गरिएको डिएसपी थापाले बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three ÷ = one